दफा १३
भौतिक पूर्वाधार सम्बन्धी व्यवस्था
: (१) कुनै वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसाय सञ्चालन गर्न छुट्टै भौतिक पूर्वाधारको आवश्यकता पर्ने रहेछ भने इजाजतपत्रवालाले त्यस्तो भौतिक पूर्वाधारको व्यवस्था गरेर मात्र व्यवसाय सञ्चालन गर्नु
पर्नेछ ।
(२) भौतिक पूर्वाधार सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।